HOLI HOLI

अष्ट्रेलियासंग पराजित हुँदै नेपाल समुह चरणबाटै बाहिरियो

बुधबार, माघ ९, २०८१

काठमाडौँ : लगातार तेस्राे हार भाेग्दै नेपाल आईसीसी यू-१९ टी–२० महिला विश्वकप क्रिकेटको समुह चरणबाटै बारिहएको छ ।

आज भएको तेस्रो खेलमा नेपाल अस्ट्रेलियासंग ८३ रनले पराजित भएको हो ।

जितकालागि अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ५६ रन मात्रै बनाउन सक्यो । नेपालकालागि कप्तान पूजा महत्तोले सर्वाधिक १८ रन जोडेपनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

अलिशा यादबले ९,सना प्रविनले ८ तथा साबित्री धामीले ७ तथा  सिमाना केसीले ६ रन बनाउँदा तृष्णा बिकले १ रन जोडिन् । ज्योत्सनिका मरासिनी र कृष्मा गुरुङले खाता नै खोल्न सकिनन् ।

त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । उसकालागि क्याभिलहेम ब्राले सर्वाधिक ४५ रन जोडिन् ।  एलेनोर लारोसाले ३१ तथा हसरत गिलले ३० रन बनाईन् ।

नेपालकी पुजा महत्तोले सर्वाधिक ३ विकेट लिईन् । सीमाना केसीले दुई तथा रिया शर्माले एक विकेट हात पारिन् । 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्