सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : भारत र इङ्ल्यान्डबीचकोे टी–२० शृङ्खला आजबाट सुरु हुँदैछ । यी दुई टोलीबीचतको खेल भारतको कोलकात्तामा नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ ।
दुवै टोली १३ वर्षपछि मैदानमा उत्रन लागेका हुन् । दुई टोली अन्तिम पटक २०११ मा आमनेसामने भएका थिए । उक्त खेलमा इङ्ग्ल्याण्डले भारतलाई ६ विकेटले पराजित गरेको थियो । भारतको भ्रमणमा रहेको इङ्ल्यान्डले घरेलु टोलीसंग पाँच ओटा टी–२० श्रींखला खेल्नेछ । त्यसपछि तीन खेलको एक दिवशीय सिरिज खेल्ने छ । भारत र इङ्ग्ल्याण्डबीचको पहिलो टी–२० सन् २००७ को विश्वकपमा खेलिएको थियो । २००७ यता दुई टोलीले २४ वटा टी–२० खेलेका छन् ।
इङ्ल्यान्ड विरुद्धको खेलमा मोहम्मद सामी १४ महिना पछि भारतीय टोलीमा फर्कन सक्ने अनुमान छ । भारतीय तीव्र गतिका बलर शमी २०२३ को एकदिवसीय विश्वकप फाइनलमा चोटका कारण मैदान बाहिरिएका थिए । उनले आफ्नो अन्तिम खेल १९ नोभेम्बर २०२३ मा अष्ट्रेलिया विरुद्ध खेलेका थिए ।