HOLI HOLI

इङ्ल्यान्ड विरुद्धको पहिलो टी–२० आईमा भारत बिजयी 

बिहीबार, माघ १०, २०८१

काठमाडौँ : इङ्ल्यान्ड विरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतले विजयी सुरुवात गरेको छ।  

बुधबार राति इडन गार्डनमा भएको खेलमा भारतले इङ्ल्यान्ड विरुद्ध  ७ विकेटको जित निकालेको हो । जितका लागि इंग्ल्यान्डले दिएको १३३ रनको लक्ष्य भारतले १२.५ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेटायो ।

 भारतको जितमा अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ७९ रनको योगदान गरे । ३४ बलको सामना गरेका उनले  आठ छक्का र पाँच चौका हिर्काए ।  सन्जु सामसैनले २६ रन जोडे । तिलक बर्माले १९ तथा हार्दिक पाण्डेले ३ रन जोडे । कप्तान सूर्यकुमारी यादवले खाता नै खोल्न सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३२ रन जोडेको थियो । उसका लागि कप्तान जस बटलरले सर्वाधिक ६८ रनको योगदान गरे । ह्यारी ब्रुकले १७ तथा जोफ्रा  आर्चरले  १२ रन जोडे पनि अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

 यो सँगै पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा  इङ्ल्यान्ड विरुद्ध भारतले १–० को अग्रता बनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्