ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आईपिएलमा केकेआरले दियो २७३ को बिशाल लक्ष्य 

बुधबार, चैत २१, २०८०

काठमाण्डौँ :ईण्डियन प्रिमियर लिग आइएपिएल क्रिकेटमा कोलकत्ता नाईट राईडर्सले जितका लागि दिल्ली क्यापिटल्ससामु २७३ रनको बिशाल लक्ष्य दिएको छ ।

बिशाखापट्नामा टस जितेर पहिले ब्याटिङ्ग थालेको कोलबत्ताले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनायो ।

केकेआरका लागि सुनिल नारायणले ३९ बलमा ८५ रन, अङ्क्रिश रघुवंशीले २७ बलमा ५४ रन, आन्द्रे रसेलले १९ बलमा ४१ र रिंकु सिंहले ८ बलमा २६ रनको उत्कृष्ट इनिङ्स खेले । दिल्लीका लागि एनरिच नोर्टजेले तीन तथा इशान्त शर्माले दुई विकेट लिए ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २२:२९
प्रतिक्रिया दिनुहोस्