ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एपिएफ ललितपुर मेयरकप महिला क्रिकेटको फाईनलमा

बुधबार, जेठ २, २०८१

काठमाडौँ :सशस्त्र प्रहरीको एपिएफ क्लब ललितपुर मेयर कप टि–२० महिला क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा ललितपुर -११ लाई ८ विकेटले पराजित गर्दै एपिएफले एक खेल अगावै फाईनलमा स्थान सुरक्षित गरेको हो ।

जितकालागि ललितपुर -११ ले दिएको ७२ रनको लक्ष्य एपिएफले ९.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । एपिएफको जितमा कप्तान सिता राना मगरले अर्धसकितय पारी खेल्दै सर्बाधिक ५० रनको योगदान गरिन् । ममता चौधरीले १६ रन जोडिन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको ललितपुर -११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ७१ रन बनाएको थियो । उसकालागि कप्तान पूजा महतोले २४ तथा ज्योत्स्निका मरासिनीले २१ रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् । लगातार तेस्रो जितसंगैै एपिएफले ६ अंक जोडेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्