सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : कप्तान पूजा महत्तोको अलराउण्डर प्रदर्शनमा यू–१९ आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले सान्त्वना जित निकालेको छ ।
यसअघि भएका तीन ओटै खेलमा पराजय भोगेको नेपालले आज भएको आफ्नो अन्तिम खेलमा कमजोर प्रतिद्धन्दी मलेसियालाई ७ विकेटले हराएको हो । जितकालागि मलेसियाले दिएको ४६ रनको झिनो लक्ष्य नेपालले ११ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान पूजा महत्तोले सर्वाधिक २३ रनको योगदान गरिन् । ज्योत्सनिका मरासीनीले ७ तथा सिमाना केसीले ४ रन बनाईन् । साबित्री धामीले ३ तथा सना प्रविनले १ रन जोडिन् ।
त्यसअघि मलेसियाको जोहोर क्रिकेट एकेडेमी ओभलमा टस हारेर पलिे ब्याटिङमा तानिएको मलेसियाले १६दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन मात्रै बनाएको थियो । उसकालागि नुरीमानले सर्वाधिक १५ रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा कप्तान पूजा महत्तोले सर्वाधिक ४ विकेट लिईन् । ३.५ ओभर बलिङ गरेकी उनले घातक बलिङ गर्दै जम्मा ९ रन खर्चेकी थिईन् ।