HAPPY NEW YERA HAPPY NEW YERA

पुलिस महिला लिगको  क्वालिफायर–२ मा 

शुक्रबार, माघ ११, २०८१

काठमाडौँ : नाटकीय जित निकाल्दै नेपाल पुलिस राष्ट्रिय महिला लिग फुटबलको  क्वालिफायर–२ पुगेको छ ।

आज भएको इलिमिनेटरमा सर्लाहीको बागमती युवा क्लबलाई १–० ले स्तब्ध पार्दै पुलिस फाईनल नजिक पुगेको हो । खेलको इन्जुरी समयमा अमृता जैसीले गोल गर्दै पुलिसले क्वालिफायर–२ मा स्थान बनाएको हो ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको दुबै टोलीले उत्कृष्ठ प्रदर्शन जारी राखेपनि खेलको इन्जुरी समयमा बागमती सम्हालिन सकेन । पुलिसले अब फाईनल प्रवेशकालागि क्वालिफायर–१ को पराजित टोलीसंग खेल्नुपर्नेछ ।

क्वालिफायर–१ मा सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मीबीच भोली दिउँसो १२ बजे प्रतिस्पर्धा हुँदैछ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्