HOLI HOLI

प्रधानमन्त्री कप :उपाधिका एपीएफ र सुदूरपश्चिम भिड्दै

शनिबार, माघ १२, २०८१

काठमाडौँ :प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ र सुदूरपश्चिम प्रदेश बीच प्रतिस्पर्धा हुँदैछ ।

धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान १० बजे सुरु हुने खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रदैछ । पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएको विभागीय टोली त्रिभुवन आर्मी भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।  सशस्त्र प्रहरीको नौ पटक फाइनलमा पुगेको हो । यसअघि ८ फाइनल खेल्दा एपीएफ ६ पटक च्याम्पियन बनिसकेको छ   ।

यही माघ १ गते शुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो। राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाख रुपैयाँ, उपविजेताले नगद ३ लाख रुपैयाँ, प्लेयर अफ द सिरिजलाई नगद ५० हजार रुपैयाँ, बेस्ट ब्याटर र बेस्ट बलरले जनही नगद २५÷२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल क्रिकेटसंग क्यानले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्