सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारत र इङ्ल्यान्डबीचको दोस्रो टी–२० खेल आज हुँदैछ ।
यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे एमए चिदम्बरम रंगशाला चेन्नेईमा सुरु हुनेछ । पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध सात विकेटको जित निकालेको भारत पाँच खेलको श्रृखलामा १–० ले अगाडि छ ।
चेन्नईको पिच स्पिन बलरहरूकालागि सहज हुने भएकाले भारतीय टोलीले आज स्पीनरहरुलाई मैदान उत्रार्ने सम्भावना छ । मोहम्मद शमीको खेल्ने सम्भावना न्युन छ । यसकारण हार्दिक पाण्ड्यालाई अर्शदीप सिंहसँगै मैदानमा उतार्ने बलियो सम्भावना छ ।
भारत र इङ्ग्ल्याण्डबीच २५ वटा टी–२० खेल भएका छन् । जसमा भारतले १४ र इङ्ग्ल्याण्डले ११ खेलमा जित निकालेको छ ।