सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : सशस्त्र प्रहरीको एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको क्वालिफायर–१ को खेलमा बिभागिय टोली त्रिभुवन आर्मीलाई २–१ गोलले हराउँदै एपिएफ फाइनलमा पुगेको हो ।
खेलको ९ औँ मिनेटमा हिमा चौधरीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएपनि जित भने निकाल्न सकेन ।
खेलको ७७ औँ र ७८ औँ मिनेटमा रश्मी कुमारी घिसिङले लगातार दुई गोल गर्दै एपिएफलाई जित दिलाईन् ।