सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
मेलम्ची : सिन्धुपाल्चोकको मेलम्चीमा भइरहेको राष्ट्रपति रनिङशील्ड प्रतियोगिता २०८१ अन्तर्गत पहिलो दिन विभिन्न तीन खेलहरू सम्पन्न भएका छन् ।
मेलम्ची नगरपालिका र जाल्पादेवी मावि बाहुनेपाटीको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रपति रनिङशील्ड २०८१ अन्तरगत शनिबार भएको पहिलो दिनको खेलमा ८०० मिटर दौड महिला/पुरुष, लङ जम्प महिला/पुरुष र सटपुट महिला/पुरुष गरी तीन खेलहरु जाल्पादेवी माध्यामिक बिद्यालयका प्रधानाध्यापक इन्द्र प्रसाद दुलालले जानकारी दिए ।
८०० मिटर दौड महिलातर्फ ठूलो थकनी माविकी सुस्मिता तामाङ प्रथम भएकी छन् । सोही दौडतर्फ बालसुधार माविकी राधिका श्रेष्ठ द्वितीय तथा इन्द्रेश्वरी माविकी करुणा बिक तृतीय भएकी छन् ।
८०० मिटर दौड पुरुषतर्फ जाल्पादेवी माविका अनिष माझी प्रथम भएका छन् । तेर्से माविका राजु तामाङ द्वितीय तथा शीतलादेवी माविका गगन दाहाल तृतीय भएका छन् ।
लङ जम्प महिलातर्फ तेर्से माविकी समृद्धि दंगाल प्रथम भएकी छन् । सीतालादेवी माविकी मुनाकुमारी दाहाल द्वितीय हुँदा जाल्पादेवी माविकी सृष्टि डोटेल तृतीय भईन् ।
लङ जम्प पुरुषतर्फ बतासे माविका विस्ने सुनार प्रथम,इन्द्रेश्वरी मावि का लक्षुमण दुलाल द्वितीय तथा जलवाईदेवी माविका शिव गिरी तृतीय भएका छन् ।
सटपुट महिलातर्फ इन्द्रेश्वरी माविकी रोशनी घले प्रथम हुँदा सिन्धुपुराना गाउँ माविकी पवित्रकुमारी बोहरा द्वितीय तथा महाकाली माविकी अनिशा तामाङ तृतीय भएकी छन् ।
सटपुट पुरुषतर्फ बालसुधार माविका हिरालाल श्रेष्ठ प्रथम भएका छन् । जलवाईदेवी माविका शिव गिरी द्वितीय तथा सीतालादेवी माविका सुजन तामाङ तृतीय भएका छन् । नगर भित्रका २३ माध्यामिक विद्यालयको सहभागिता रहेको राष्ट्रपति रनिङशील्ड प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुनेछ ।