सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :तिलक वर्माले विस्फोटक ब्याटिङ गरेपछि इङ्ल्याण्ड विरुद्धको दोस्रो टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ ।
एमए चितम्बरम स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोली भारतले इंग्ल्यान्ड विरुद्ध २ विकेटको जित निकालेको हो । जितका लागि इङ्ल्याण्डले दिएको १६६ रनको लक्ष्य भारतले १९.२ ओभरमा मात्र ८ विकेट गुमाएर भेट्टायो ।
भारतको जितमा तिलक बर्माले विस्फोटक ब्याटिङ गरे । ५५ बलको सामना गरेका उनले ५ छक्का र ४ चौकाको मद्धतमा नटआउट रहँदै सर्वाधिक ७२ रन जोडे ।
वासिङ्टन सुन्दरले २६ रनको योगदान गरे । अभिषेक शर्मा र कप्तान सूर्यकुमार यादवले समान १२ रन जोडे पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् । रवि विष्णोईले ९ ,हार्दिक पाण्ड्याले ७ तथा अर्शदीप सिंले ६ रन बनाए ।
त्यस अघि टस हारेर पहिले ब्याटिङमा तानिएको इङ्ल्याण्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका लागि कप्तान जश बटलरले सर्वाधिक ४५ रनको योगदान गरे । ब्रेयडन कार्सले ३१ तथा जैमी स्मिथले २२ रन जोडे।
लगातार दोस्रो जितसँगै भारतले पाँच खेलको टिटन्टी अन्तर्राष्ट्रिय श्रृङ्खलामा २–० को अग्रता बनाएको छ यस अघि भएको पहिलो खेलमा भारतले इङ्ल्याण्डलाई सात विकेटले हराएको थियो।