sonam sonam

भारत यू–१९ महिला विश्वकपको सेमिफाइनलमा

आइतबार, माघ १३, २०८१

काठमाडौँ :भारतीय टोली यू–१९ आईसीसी महिला विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ ।

आज भएको सुपरसिक्सको खेलमा बंगलादेशलाई ८ विकेटले हराउँदै भारत सेमिफाइनलमा पुगेको हो । जितकालागि बंगलादेशले दिएको ६५ रनको लक्ष्य भारतले ७.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा गोङ्दी त्रिशाले बिस्फोटक ब्याटिङ गर्दै नटआउट ४० रन बनाईन् । ३१ बलको सामना गरेकी उनले ८ चौका प्रहार गरेकी थिईन् ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङमा तानिएको बंगालादेशले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ६४ रन मात्र बनाएको थियो । बंगालादेशकालागि सुमैया अख्तरले अविजित रहँदै सर्वाधिक २१ रनको योगदान गरिन् । जन्नतुल मौआले १४ रन बनाईन् । बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ भारतकी वैष्णवी शर्माले सर्वाधिक तीन विकेट लिईन् ।

सुपर सिक्स अन्तर्गत आजका लागि तय भएको श्रींलका र स्कटल्याण्डबीचको पहिलो खेल भने वर्षाका कारण रद्ध भएको छ ।

वर्षा बाधक बन्दा टस समेत हुन नसकेको खेलमा दुबै टोलीले १–१ अंक बाँडेका छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्