HOLI HOLI
त्रिकोणात्मक महिला टी–२० अन्तराष्ट्रिय सिरिज

इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

आइतबार, माघ १३, २०८१

काठमाडौँ :नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक महिला टी–२० अन्तराष्ट्रिय सिरिजकालागि नेपाली टोलीको घोषणा गरेको छ ।

आगामी माघ १७ गते देखि घरेलु मैदानमा हुने थाईल्याण्ड,नेपाल र नेदरल्याण्ड्स सम्मिलत सिरिजकालागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा कप्तान इन्दुसंगै रुबिना क्षेत्री,सिता राना मगर,बिन्दु रावल,रेवती धामी,कबिता कुवँर र सम्झना खड्का रहेकी छन् । यस्तै ममता चौधरी,राजमती ऐरी,कविता जोशी, अलिशा कुमारी यादब,रोमा थापा,मनिषा उपाध्याय र इश्वरी विष्ट पनि टोलीमा अटाएका छन् । प्रतियोगिता आगामी माघ २५ गतेसम्म चल्नेछ ।

प्रतियोगिताका सबै खेलहरु त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले माघ १७ गते नेदरल्याण्ड्ससंग खेल्ने तालीका छ । 
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्