सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :फोर नेसन्स कप अन्तराष्ट्रिय महिला फुटबलकालागि ३९ खेलाडी बन्द प्रशिक्षणमा परेका छन् ।
आगामी फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३९ खेलाडीलाई राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा बोलाइएका हुन् ।
साफ महिला च्याम्पियनसीपमा उपबिजेता बनेपछि मौफिक रुपमा प्रशिक्षबाट राजिनामा दिएका तामाङ पुन राष्ट्रिय टोलीको प्रशिक्षमा फर्किएलगत्तै खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।
फेब्रुअरी १ देखि सुरु हुने बन्द प्रशिक्षणमा एन्जिला तुम्बापो सुब्बासंगै अन्जना राना मगर, उषा नाथ, अमृता जैशी, गीता राणा, बिमला विक, निशा ठोकर, समीक्षा घिमिरे, पूजा राणा, अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, बिमला चौधरी, रेणुका नगरकोटी र सरु लिम्बु रहेकी छन् ।
यस्तै साबित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सबिता राना मगर, सजनी ठोकर, चन्द्र भण्डारी, रेणुका हमाल, सम्झना लावती, साबित्री किशन, सहारा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ पनि बन्द प्रशिक्षणमा परेका छन् । बिर्सना चौधरी, सुक्रिया मियाँ, प्रतिक्षा चौधरी, सेमिहाङ्मा लिम्बू पन्धक, मीना देउबा, पुष्पा कुमारी खड्का, यशोधा शाही, ममता पुन र झुमा विश्वकर्मा ३९ जनाको टोलीमा अटाएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म नेपालमा फोर नेसन्स कप अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता हुँदैछ ।
घरेल मैदान दशरथरंगाशालामा मा हुने प्रतियोगितामा आयोजक नेपालसहित कीर्गिस्तान, लेबनान र म्यानमार सहभागि हुनेछन् ।