सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : उषानाथ नायक बन्दा नेपाल पुलिस क्लब एन्फा राष्ट्रिय महिला लिग फुटबलको फाइनलमा पुगेको छ ।
आज भएको क्वालिफायर–२ को खेलमा त्रिभुवन आर्मी क्लबलाई ट्राइबे्रकरमा २–१ गोलले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समयमा दुबै टोलीले गोलरहित बराबरीमा खेलेपछि ट्राईब्रकेरबाट खेलको नतिजा लिईएको थियो ।
पुलिको जितमा गोलकिपर उषा नाथ नायक बनिन् । उनले पेनाल्टीमा गोल गर्दै आर्मीले प्रहार गरेको उत्कृष्ठ तीन शुटको बचाउ समेत गरिन् ।
पुलिसले अब उपाधिका लागि बुधबार अर्को विभागीय टोली एपिएफ क्लबसंग खेलनेछ ।