सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
मेलम्ची : मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्ची पहिलो भएको छ । उसले १० स्वर्ण, १० रजत र १४ काश्य सहित कूल ३४ पदक सहित पहिलो स्थान हासिल गरेको हाे । दोस्रो भएको शीतलादेवी माविले ८ स्वर्ण ,९ रजत र १३ काश्य सहित ३० पदक हात पारेको छ । ६ स्वर्ण, ८ रजत र ३ काश्य जितेको तेर्से मावि तेस्रो हुँदा ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित बालसुधार मावि चौथो भएको छ । ६ स्वर्ण दुई रजत र १ काश्य पदक जितेको बतासे मावि पाँचौं नम्बरमा रहँदा ठूलो थकनी माविले दुई स्वर्ण सहित छैठौँ स्थान हात पारेको छ । हैबुङ महादेव स्थान मावि, जलवाइदेवी मावि, मेलम्ची कम्युनिटी मावि र जाल्पादेवी माविले पनि एक–एक स्वर्ण हात पारेका छन् । मेलम्ची नगरपालिकाभित्रका २३ माध्यमिक विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा छ विद्यालयहरूले कुनै पनि पदक प्राप्त नगरी यस वर्षको प्रतियोगिता सम्पन्न गरेको छ। शनिबारबाट मेलम्ची नगरपालिका १२ स्थित बाहुनेपाटी खेलमैदानमा सुरु भएको प्रतियोगितामा विद्यार्थीहरूले ४० पदकका लागि प्रतिस्पर्धा गरेका थिए । मेलम्ची नगरपालिकाको सहयोग र जाल्पादेवी माध्यमिक विद्यालय बाहुनेपाटीको आयोजनामा हिजो एक कार्यक्रमका बीच प्रदेश सांसद कृष्णकुमार तामाङ समिरले उद्घाटन गरेको प्रतियोगिताको आज पूर्वमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको प्रमुख अतिथितामा सम्पन्न भएको हो ।