ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीपको पुनरावेदनको फैसला आजै, अदालत क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई

बुधबार, जेठ २, २०८१

काठमाण्डौँ :सन्दीप लामिछानेको मुद्दामा आज अदालती समयभित्रै फैसला दिने तयारी भएको छ । उच्च अदालतप पाटनमा हिजोदेखि जारी सुनुवाई सकेर साँझ ५ बजेसम्म फैसला आउने सम्भावना उच्च रहेको अदालत स्रोतले स्पोर्टस् हबलाई जानकारी दिएको छ । न्यायधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा अहिले जाहेरीवाला गौशला २६ को तर्फका कानून व्यवसायीकको बहस चलिरहेको छ ।

त्यसपछि सन्दीपका कानून व्यवसायीको जवाफी बहस सुनेर फैसला दिने तयारी इजलासको छ । हिजो शुरु भएको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखेर आज फैसला दिने तयारी अदालतले गरेको हो । सन्दीपको मुद्दामा अदालतले फैसला सार्वजनिक गर्ने तयारीसँगै उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा बनाइएको छ  । सम्बन्धित व्यक्ति बाहेकलाई अदालत मार्गमा समेत प्रवेश निषेध गरिएको छ । भिडभाड गर्नपनि रोक लगाइएको छ ।

हिजो सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा, कृष्ण सापकोटालगायतले बहस गर्नुभएको थियो । उहाँहरुले पर्याप्त प्रमाणविनै काठमाडौं जिल्ला अदालतले कैदको सजाय सुनाएको भन्दै सन्दीपले सफाइ पाउनुपर्ने माग गर्नुभएको थियो । काठमाडौं जिल्ला अदालतले बलात्कार पीडित बालिग रहेको ठहर गर्दै सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध सन्दीप पुनरावेदन गएका हुन्।न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ । दुवै मुद्दाको एकसाथ सुनुवाइ भइरहेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्