sonam sonam

टी–२० श्रृङ्खलामा भारत ,इङ्ल्याण्डसंग हार्‍यो

मंगलबार, माघ १५, २०८१

काठमाडौँ : भारत विरुद्धको अन्तर्राष्ट्रिय टी–२० श्रृङ्खलामा इङ्ल्याण्डले पहिलो जित निकालेको छ ।

भारतको राजकोटमा  मङ्गलबार राति भएको श्रृङ्खलाको तेस्रो  खेलमा  पाहुना टोली इंग्ल्याण्डले  घरेलु टोलीलाई  २६ रनले हराएको हो।  जितका लागि दिएको १७२ रनको लक्ष्य पछाएको भारत  निर्धारित ओभरमा  ९ विकेट गुमाउँदै  १४५ रन मात्र बनाउन सक्यो    भारतका लागि हार्दिक पाण्डेले सर्वाधिक ४० रनको योगदान गरे ।  अभिषेक शर्माले २४ तथा  तिलक वर्माले १८ रनको योगदान गरे। अक्षर पटेलले १५ रन जोड्दा कप्तान सूर्यकुमार यादवले १४ रन बनाएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको इङ्ल्याण्डले  निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । इङ्ल्यान्डका ओपनर बेन डकेटले ५१ रनको अर्धशतकिय पारी खेले  । २८ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे । लियाम लिभिङस्टोनले ४३ तथा कप्तान जस बटलरले २४ रन बनाए ।

बलिङतर्फ वरुण चक्रवर्ती भारतका लागि सबैभन्दा सफल बलर रहे । वरुणले ४ ओभरमा २४ रन दिएर ५ विकेट लिए ।

पहिलो जितका बाबजुत इङ्ल्याण्ड पाँच खेलको श्रृख्लामा २–१ ले पछि परेको छ । भारतले यसअघिका सुरुवाती दुई खेलमा लगातार जित निकालेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्