सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
नवलपुर: सिन्धु योङ स्टार युवा क्लबको आयोजना आजबाट सुरु भएको जिल्लास्तरीय भलिबल प्रतियोगितामा पाँचवटा खेलहरू सम्पन्न भएका छन् । आज भएको उद्घाटन खेलमा आयोजक योङ स्टार युवा क्लबलाई हराउँदै जुगल गाउँपालिकाले विजय सुरुवात गरेको छ। आज भएको दोस्रो खेलमा गोल्मेश्वरी युवा क्लबले चौतारा साँगाचोकगढी नगरपालिका ४ लाई हराएको छ।
त्यस्तै आज भएको तेस्रो खेलमा आयोजक समितिलाई पाँचपोखरी गाउँपालिकाले पराजित गरेको भने चौथो खेलमा गोल्मेश्वरी युवा क्लबलाई जुगल गाउँपालिकाले हराएको छ । आजको अन्तिम खेलमा मेलम्ची ७ सेल्लेले मेलम्ची २ लाई पराजित गरेको छ ।
जिल्लाभित्रका १३ टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष सुनबहादुर घलेले जानकारी दिए । प्रतियोगिताको आज मेलम्ची नगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष किरण दीप खड्काले उद्घाटन गरेका थिए।
जनता माध्यमिक विद्यालयको खेलकुद मैदानमा भएको प्रतियोगिताका खेलहरू भोलि साढे ७ बजेदेखि हुने पनि उनले बताए ।प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता बनेको टोलीले ६५ हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले ३५ हजार रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पनि प्राप्त गर्ने आयोजकले जनाएको छ ।