सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :त्रिकोणात्मक महिला टी–२० अन्तराष्ट्रिय सिरिजमा थाइल्याण्डले विजयी सुरुवात गरेको छ ।
आज भएको दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ८ विकेटको जित निकाल्दै थाईल्याण्डले विजयी सुरुवात गरेको हो । जितकालागि नेदरल्याडड्सले दिएको १२३ रनको लक्ष्य थाईल्याण्डले १८ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । थाइल्याण्डको जितमा नान्नापत कोन्चारोएनकाईले बिस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ५६ रनको योगदान गरिन् । अपिसरा सुवान्चोनरथीले २८ तथा नथ्थकन चान्थमले २३ रन बनाइन् ।
त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिला ब्याटिङ थालेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२२ रनको स्कोर बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबित डि लिडेले सर्वाधिक ५२ तथा आरिस विलिङले २८ रन जोडिन् । यसअघि विहिवार भएको पहिलो खेलमा नेदरल्याण्डेस्ले नेपाललाई २० रनले पराजित गरेको थियो ।