sonam sonam

यू–१९ महिला विश्वकप :भारत र दक्षिण अफ्रिका फाइनलमा

शुक्रबार, माघ १८, २०८१

काठमाडौँ :भारत र दक्षिण अफ्रिका १९ वर्ष मुनिको आईसीसी महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

ADD FOR WEBSIDE

आज भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो । जितकालागि अष्ट्रेलियाले दिएको १०६ रनको मध्यम लक्ष्य दक्षिण अफ्रिकाले १८ दशमलब १ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसकालागि जेम्मा बोथाले सर्वाधिक ३७ रनको योगदान गरे ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १०५ रन बनाएको थियो । उपाधिकालागि अब दक्षिण अफ्रिकाले भारतसंग खेल्ने छ ।

आजै भएको खेलमा इङ्ग्ल्याण्डलाई ९ विकेटले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो । जितकालागि इङ्ग्ल्याण्डले दिएको ११४ रनको लक्ष्य भारतले १५ ओभरमा एक विकेटको क्षतिमा भेट्टाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्