ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दीपेन्द्र टी–२० वरियताको अलराउन्डरतर्फ दशौँ स्थानमा 

बुधबार, जेठ २, २०८१

काठमाडौँ :नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी टी–२० वरियताको अलराउन्डरतर्फ दशौँ स्थानमा आईपुगेका छन् । यसअघि ११ औँ नम्बरमा रहेका ऐरीले एक स्थान सुधार गर्दै शिर्ष १० मा अटाउन सफल भएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधवार सार्वजनिक गरेको वरियतामा उनी दशौँ स्थानमा अटाएका हुन् ।

कुशल मल्ल ३२ औं र गुलसन झा ६०औं स्थानमा यथावत रहेका छन् । कप्ताान रोहित पौडेलको वरियता भने एक एक स्थान खस्कदैँ  ६५औं स्थानमा आईपुगेका छन् । करण केसीले भने एक स्थान सुधार गर्दै वरियताको ७४औं स्थानमा उक्लिएका हुन् ।  

वरियताको शीर्ष स्थानमा बंगलदेशका साकिब अल हसन रहेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्