सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :त्रिकोणात्मक महिला टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपालले आज थाइल्याण्डको सामना गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा दिउँसो १२:१५ बजे हुने खेलमा घरेलु टोली नेपाल पहिलो जित निकाल्न चाहान्छ । पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससंग २० रनले पराजित भएको थियो । उपाधि दाबेदार ठानिएको थाइल्याण्ड लगातार दोस्रो जितको खोजिमा हुनेछ । शुक्रबार भएको खेलमा नेदरल्याण्ड्सलाई ८ विकेटलाई हराएको थाइल्याण्ड उच्च मनोवलका साथ मैदान उत्रदैँछ ।
बिहिवार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको थियो । नेदरल्याण्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो ।
नेपालकालागि सिता राना मगरले सर्वाधिक २८ रनको योगदान गरिन् । कबिता जोशीले २७ तथा पुजा महत्तोले २४ रन बनाईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो । रोबिने रिज्केले सर्वाधिक ५९ रन बनाइन् । स्टेर कालिस २९, हेदर सिगर्स २३ रन बनाएकी थिईन् ।