HOLI HOLI

भारत र इङ्ल्याण्ड भिड्दै

शुक्रबार, माघ १८, २०८१

काठमाडौँ :भारत र इङ्ल्याण्डबीचको चौथो अन्तर्राष्ट्रिय टी–२० श्रृङ्खला आज हुँदैछ ।

महाराष्ट्र क्रिकेट  स्टेडियम पुनेमा नेपाली समय अनुसार बेलुकी सवा ७ बजे हुने खेलमा घरेलुटोली भारत श्रृखंला जित्ने दाउमा हुनेछ । यसअघि भएका दुई खेलमा जित निकालेको भारत आज पाहुनाटोलीलाई हराउँदै एक खेल अगावै श्रृखंला जित्न चाहान्छ । एक खेलमा जित निकालेको इङ्ल्याण्ड आज भारतलाई हराउँदै श्रृखंला बराबरी गर्ने सोचमा छ ।

मङ्गलबार राति भएको श्रृङ्खलाको तेस्रो  खेलमा  पाहुना टोली इंग्ल्याण्डले  घरेलु टोलीलाई  २६ रनले हराएको थियो ।  पहिलो जितका बाबजुत इङ्ल्याण्ड पाँच खेलको श्रृख्लामा २–१ ले पछि परेको छ ।

भारतले यसअघिका सुरुवाती दुई खेलमा लगातार जित निकालेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्