सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारत विरुद्धको अन्तर्राष्ट्रिय चौथो टी–२० शृंखलामा इङ्ल्याण्डले जितका लागि १८२ रनको लक्ष्य पाएको छ ।
पुणेमा टस हारेर पहिले ब्याटिङमा तानिएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८१ रनको विशाल योगफल बनायो । कुनैबेला लगातार विकेट गुमाएपछि दबाबमा आएको भारतकालागि हार्दिक पाण्ड्या र शिवम् दुवेले बिस्फोटक ब्याटिङ गर्दै इनिङ उकासेका थिए ।
पाण्ड्या र दुवेले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५३– ५३ रन जोडे । रिंकु सिंले ३० तथा अभिषेक शर्माले २९ रन बनाए । तिलक बर्मा, कप्तान सूर्यकुमार यादव र अर्शदिप सिंले खातानै खोल्न सकेनन् । घरेलुटोली भारत श्रृखंला जित्ने दाउमा छ ।
यसअघि भएका दुई खेलमा जित निकालेको भारत आज पाहुनाटोलीलाई हराउँदै एक खेल अगावै श्रृखंला जित्न चाहान्छ । एक खेलमा जित निकालेको इङ्ल्याण्ड आज भारतलाई हराउँदै श्रृखंला बराबरी गर्ने सोचमा छ ।
मङ्गलबार राति भएको श्रृङ्खलाको तेस्रो खेलमा पाहुना टोली इंग्ल्याण्डले घरेलु टोलीलाई २६ रनले हराएको थियो । पहिलो जितका बाबजुत इङ्ल्याण्ड पाँच खेलको श्रृख्लामा २–१ ले पछि परेको छ ।