HAPPY NEW YERA HAPPY NEW YERA

भारतले जित्यो इङ्ल्यान्डविरुद्धको टी–२० शृंखला

शनिबार, माघ १९, २०८१

काठमाडौँ : इङ्ल्यान्डविरुद्धको टी–२० शृंखला भारतले जितेको छ ।

पुणेमा गएराती भएको चौथो खेलमा इङ्ल्यान्डलाई १५ रनले पराजित गर्दै भारतले एक खेल अगावै श्रृखंला ३–१ ले आफ्नो पक्षमा पारेको हो । रोमाञ्चक खेलमा पहिले ब्याटिङ गर्दै भारतले १८२ रनको लक्ष्य दिएको थियो ।

जवाफमा, इङ्ग्ल्याण्डको टोलीले १६६ रन मात्र बनाउन सक्यो । भारतले दिएको लक्ष्य पछ्याउन आएको इङ्ल्यान्ड १९.४ ओभरमा १६६ रन बनाएर अलआउट भयो । अन्तिम ओभरमा साकिब महमूदको विकेट खस्यो । यसअघि १९ औं ओभरमा जेमी ओभरटन आउट भएका थिए। उनी १९ रन बनाएर पेभिलियन फर्किए । जोफ्रा आर्चरले खाता पनि खोल्न सकेनन् । उनी शून्य रनमा आउट भए । इङ्ग्ल्याण्डको सुरुवात भने निकै राम्रो सथयो ।

ओपनर फिलिप साल्ट र बेन डकेट बीच अर्धशतकीय साझेदारी भएको सथयो ।  साल्ट २३ रन बनाएर आउट भए । डकेटले ३९ रनको योगदान दिए । यसपछि कप्तान जोस बटलर २ रन बनाएर आउट भएका थिए । ह्यारी ब्रुकले अर्धशतक प्रहार गरे । उनले २६ बलमा ५१ रनको इनिङ खेले । लिभिङ्स्टन र बेथेलले दोहारो अंकको रन बनाउन सकेनन् ।  

भारतको सुरुवात भने निकै खराब रह्यो। ओपनर सञ्जु स्यामसन केवल १ रन बनाएर आउट भएका थिए । तर यसपछि शिवम दुबे र हार्दिक पाण्ड्याले विस्फोटक प्रदर्शन गरे। यी दुवै खेलाडीले अर्धशतक बनाए। पाण्ड्याले ३० बलमा ५३ रनको इनिङ खेले। दुबेले ३४ बलमा ५३ रन बनाए। अभिषेक शर्माले २९ रनको इनिङ खेले। रिंकु सिंहले ३० रनको योगदान दिए। सूर्यकुमार यादव र तिलक वर्मा शून्य रनमा आउट भए ।

इङ्ल्यान्डका लागि बलिङ गरिरहेका साकिब महमूदले ४ ओभरमा ३५ रन दिएर ३ विकेट लिए । जेमी ओभरटनले २ विकेट लिए कार्स र आदिल रशिदले १–१ विकेट लिए।

शृङ्खलाको पहिलो खेल भारतले ७ तथा दोस्रो खेल २ विकेटले जितेको थियो । तेस्रो खेलमा इङ्ग्ल्याण्डले पुनरागमन गर्दै भारतलाई २६ रनले हराएको थियो ।

शृङ्खलाको अन्तिम खेल भोली आइतवार मुम्बईमा हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्