सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : त्रिकोणात्मक महिला टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपालले जितकालागि थाइल्याण्डलसामु १०२ रनको लक्ष्य पेश गरेको छ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १०१ रन बनायो । नेपालकालागि कविता कुवँर र विन्दु रावलले सर्वाधिक २५/२५ रनको योगदान गरिन् । कप्तान इन्दु वर्माले १५ रन बनाईन् ।
बविता जोशीले ८ तथा रुबिना क्षेत्रीले ४ रन बनाउँदा सिता राना मगर र ममता चौधरीले समान २/२ रन जोडिन् । मनिषा उपाध्यायले एक रन बनाउँदा सम्झना खड्काले खातानै खोल्न सकिनन् ।
घरेलु टोली नेपाल आज पहिलो जित निकाल्न चाहान्छ । पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससंग २० रनले पराजित भएको थियो ।