sonam sonam

थाईल्याण्डसंग पनि हार्‍यो नेपाल

शनिबार, माघ १९, २०८१

काठमाडौँ : घरेलु टोली नेपालले त्रिकोणात्मक महिला टी–२० अन्तराष्ट्रिय सिरिजमा लगातार दोस्रो हार ब्यहोरेको छ ।

ADD FOR WEBSIDE

आज भएको खेलमा नेपाल थाइल्याण्डसंग ४ विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको १०२ रनको लक्ष्य थाईल्याण्डले १९ ओभरमा ६ विकृट गुमाएर पूरा गर्यो ।

थाईल्याण्डको जितमा नान्नापत कोन्चारोएनकाईले नटआउट ६० रन जोडिन् । सुवानन खियाओतोले १४ तथा कप्तान नारुमोल चाइवाईले १३ रन बनाईन् ।

 त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । नेपालकालागि कविता कुवँर र विन्दु रावलले सर्वाधिक २५/२५ रनको योगदान गरिन् । कप्तान इन्दु वर्माले १५ रन बनाईन् । बविता जोशीले ८ ,रुबिना क्षेत्रीले ४ रन बनाउँदा सिता राना मगर र ममता चौधरीले समान २/२ रन जोडिन् ।

यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससंग २० रनले पराजित भएको थियो । जारी सिरिजमा थाईल्याण्डको यो लगातार दोस्रो जित हो ।
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्