सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले रुबिना क्षेत्रीको नाममा रहेको किर्तिमान भंग गरेकी छन् ।
थाईल्याण्ड विरुद्धको खेलमा वर्माले अन्तराष्ट्रिय महिला क्रिकेटमा सवै भन्दा धेरै क्याच लिने नेपाली महिला खेलाडीको किर्तिमान बनाएकी हुन् ।
अन्तराष्ट्रिय महिला टी–२० सिरिजमा इन्दुले सबैभन्दा धेरै १९ क्याच लिदैँ उक्त किर्तिमान आफ्नो नाममा पारेकी हुन् ।
यसअघि यो किर्तमान रुबिना क्षेत्री वेल्वासेको नाममा थियो । उनले १८ क्याच लिएकी थिईन् । तेस्रो स्थानमा सिताराना मगर छिन् । उनले अहिले सम्म १६ क्याच लिएकी छन् ।