SONAM WEAR SONAM WEAR
बाई बाई मोन्टी

नेपाली  क्रिकेटको प्रशिक्षकबाट अलग्गिए मोन्टी देशाई

शनिबार, माघ १९, २०८१

काठमाडौँ : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मुख्य प्रशिक्षक बिहिन बनेको छ ।

हाल मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका मोन्टी देसाईलाई आज नेपाल क्रिकेटसंघ क्यानले बिदाई गरेसंगै नेपाली पुरुष टोली मुख्य प्रशिक्षक बिहिन बनेको हो । २०७९ साल माघमा नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका देसाईको दुई वर्षीय कार्यकाल सकिएसंगै सम्झौता नबिकरण नगरी क्यानले बिदाई गरेको हो ।

मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी मोन्टी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । मोन्टीकै प्रशिक्षकमा नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो ।

क्यानले नेपालको क्रिकेटलाई उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेकोमा मोन्टीलाई धन्यवाद समेत दिएको छ ।

यसअघि उनी वेस्ट इन्डिजको राष्ट्रिय टिमको प्रशिक्षक समेत भइसकेका थिए ।
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्