sonam sonam

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

आइतबार, माघ २०, २०८१

काठमाडौँ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–२० सिरिजमा नेपालले आज नेदरल्यान्डसँग खेल्ने भएको छ ।

ADD FOR WEBSIDE

त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे हुने खेलमा घरेलु टोली नेपाल पहिलो जितको खोजीमा हुनेछ । यस अघि भएको पहिलो खेलमा घरेलु टोली नेपाल नेदरल्यान्डसँग २० रनले पराजित भएको थियो । शनिबार भएको दोस्रो खेलमा पनि नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित भएको थियो ।

लगातार दुई खेलमा हार बेहोरेको नेपाल आजको खेलमा नेदरल्यान्ड्समाथि जितको लक्ष्यकासाथ मैदान उत्रने छ ।

आजको खेल नेपालका लागि नेदरल्याण्डसँग बदला लिने अवसरको रुपमा समेत लिएको छ ।

त्रिकोणात्मक सिरिजमा नेपाल थाइल्याण्ड र नेदरल्यान्ड सहभागी छन् ।
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्