ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बलात्कार मुद्धामा सन्दीपले पाए सफाई

बुधबार, जेठ २, २०८१

काठमाडौँ :बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन् । मंगलबारदेखि मुद्दाको सुनुवाइ शुरु भएको उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौँको आदेश उल्ट्याएको हो ।
दुवै पक्षको कानून व्यवसायीको बहस सकिएपछि सन्दीप र गौशाला २६ होटलभित्र पसेको र होटलबाट बाहिरिएको फुटेज न्यायाधीसद्वयले हेरेपछि सन्दीपलाई सफाई दिएको हो ।इजलासले सन्दीपलाई सफाई दिएको अदालतका प्रवक्त एवम् उपरजिष्ट्रार बिमल पराजुलीले स्पोर्टस् हबलाई जानकारी दिए ।

मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा, कृष्ण सापकोटालगायतले बहस गरेका थिए । उनीहरुले पर्याप्त प्रमाणविनै काठमाडौं जिल्ला अदालतले कैदको सजाय सुनाएको भन्दै सन्दीपले सफाइ पाउनुपर्ने माग गरेका थिए । 
काठमाडौं जिल्ला अदालतले बलात्कार पीडित बालिग रहेको ठहर गर्दै सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध सन्दीप पुनरावेदन गएका हुन्।न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्