HAPPY NEW YERA HAPPY NEW YERA

नेदरल्यानड्सले नेपाललाई दियो  १४१ रनको लक्ष्य

आइतबार, माघ २०, २०८१

काठमाडौँ :त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यानड्सले नेपालसामु १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेदरल्यान्ड्सले निजर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनायो । उसकालागि कप्तान डे लीडेले सर्वाधिक ४१ रनको योगदान गरिन् ।

हेथर सेगर्सले २६ ,फेबे मोल्केनबोएर र रोविन रिकेले समान २१ २१ रन  बनाईन् । बलिङतर्फ सिता राना मगर एक्लैलै सर्वाधिक ५ विकेट लिईन् ।

मनिषा उपाध्यायले दुई तथा कविता जोशी र कप्तान इन्दु वर्माले एक –एक विकेट हात पारिन् । 
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्