सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले बनाएको किर्तिमान रुबिना क्षेत्री वेल्बासेले भंग गरेकी छन् ।
शनिवार मात्रै इन्दुले रुबिनाको नाममा रहेको किर्तिमान भंग गरेकी थिईन् । तर उक्त किर्तिमानी एक दिन पनि टिक्न नदिई रुबिनाले फेरि आफ्नै नाममा खोसेकी छन् । थाईल्याण्ड विरुद्धको खेलमा वर्माले अन्तराष्ट्रिय महिला क्रिकेटमा सवै भन्दा धेरै १९ क्याच लिदैँ क्याच लिने नेपाली महिला खेलाडीको किर्तिमान बनाएकी थिईन् ।
आइतवार भएको नेदरल्यानड्ससंगको खेलमा रुबिनाले उक्त किर्तिमानी तोडेकी हुन् । अन्तराष्ट्रिय महिला टी–२० सिरिजमा रुबिनाले सबैभन्दा धेरै २० क्याच लिदैँ उक्त किर्तिमान आफ्नो नाममा पारेकी हुन् ।