HAPPY NEW YERA HAPPY NEW YERA

यू–१९ महिला विश्वकपको उपाधि भारतलाई 

फाइनलमा दक्षिण अफ्रिका ९ विकेटले पराजित
आइतबार, माघ २०, २०८१

काठमाडौँ :यू–१९ आइसीसी महिला विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ ।

आज भएको फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारतले उपाधि उचालेको हो । जितकालागि दक्षिण अफ्रिकाले दिएको ८३ रनको झिनो लक्ष्य भारतले ११.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा गोङ्दी त्रिशाले नटआउट रहँदै सर्वाधिक तथा सानिका चाल्केले रन बनाईन् । कमलिनीले ८ रन बनाईन् ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो । उसकालागि म्याकी वन वस्र्टले सर्वाधिक २३ रन बनाईन् । जिम्मा बोथाले १६ तथा फेय कोलिङले १५ रन जोडिन् ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्