सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ ।
आज भएको आफ्नो तेस्रो खेलमा नेपाल नेदरल्यानड्ससंग दोस्रो पटक १५ रनले पराजित भएको हो । जितकालागि नेदरल्यानड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन जोडिन् । सम्झना खड्काले २३,पूजा महत्तोले १८,कबिता जोशीले १४ तथा सिता राना मगरले १० रन बनाईन् । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेदरल्यान्ड्सले निजर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनायो । उसकालागि कप्तान डे लीडेले सर्वाधिक ४१ रनको योगदान गरिन् । हेथर सेगर्सले २६ ,फेबे मोल्केनबोएर र रोविन रिकेले समान २१-२१ रन बनाईन् ।
बलिङतर्फ सिता राना मगर एक्लैलै सर्वाधिक ५ विकेट लिईन् । मनिषा उपाध्यायले दुई तथा कविता जोशी र कप्तान इन्दु वर्माले एक –एक विकेट हात पारिन् ।