HOLI HOLI

शिक्षक भलिबलको उपाधी तेर्से माबिलाई

आइतबार, माघ २०, २०८१

नवलपुर :शिक्षक भलिबलको उपाधी तेर्से माबिले हात पारेको छ ।

मेलम्ची नगरपालिका वडा नं. ६ स्थित तेर्से माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको आइतबार भएको फाइलन खेलमा जाल्पादेवी माबि जैसीगाउँलाई ३–१ ले पराजित गर्दै आयोजक तर्से विजेता बन्न सफल भएको छ । 

त्यसैगरी महेन्द्र माबि इचोकले हेलम्बु बोधिसत्व मोडल स्कुललाई २–१ पराजित गर्दै तृतीय स्थान हासिल गरेको छ । शुक्रबारबाट सुरुभएको खेलमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका १६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
खेलको बिजेता टोलीलाई यही माघ २५ गते बिद्यालयको वार्षिकोत्सवको अवसरमा पुरस्कार बितरण र सम्मान गरिने बिद्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्