sonam sonam

थाइल्याण्ड र नेदरल्यान्डस् भिड्दै

सोमबार, माघ २१, २०८१

काठमाडौँ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० सिरिजमा आज थाइल्याण्ड र नेदरल्यान्डस् बीच प्रतिस्पर्धा हुँदैछ ।

ADD FOR WEBSIDE

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे हुने खेलमा थाइल्याण्ड लगातार तेस्रो जितको खोजीमा हुनेछ । यसअघि भएका दुवै खेलमा नेपाल र नेदरल्यान्ड्सलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको थाइल्याण्ड आज नेदरल्याण्ड विरुद्ध दोस्रो जित निकाल्न चाहन्छ ।

खेलेका तीन खेलमध्ये दुई खेलमा जित निकालेको नेदरल्यान्ड्स थाइल्याण्डसँगको खेलमा पराजित भएको थियो । नेदरल्यान्ड आज थाइल्याण्डसँग भोगेको हारको बदला लिने सोचमा रहनेछ ।

जारी लिगमा नेपाल जितबिहिन छ । नेपालले खेलेका तीन ओटै खेलमा पराजय भोगेको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्