SONAM WEAR SONAM WEAR

टाइगर कप भलिबलको उपाधि पुलिसलाई,महिलातर्फ आयोजक च्याम्पियन

आइतबार, माघ २०, २०८१

पोखरा :टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइबार भएको फाइनलमा गण्डकी प्रदेश भलिबल संघलाई ३–१ सेटको हराउँदै पुलिसले उपाधि हात पारेको हो । पुसिले सुरुवाती दुई सेट २५–२३ र २५–२१ ले आफ्नो पक्षमा पारेपनि तेस्रो सेट २०–२५ ले गुमाएको थियो । चौथो सेटमा २५–२२ को जित निकाल्दै पुलिसले उपाधिमा कब्जा जमाएको हो ।

पहिलो पटक च्याम्पियन बनेको  पुलिसले उपाधिसंगै नगद ५ लाख ८५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।  उपविजेता गण्डकी दुई लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझाएको छ ।

आइतबारै भएको महिलातर्फको खेलमा साबिक विजेता नेपाल एपिएफ क्लबविरुद्ध ३–२ सेटको जित निकाल्दै आयोजक टाइगर ग्रुप च्याम्पियन बनेको छ ।पोखरा रंगशालामा भएको फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो ।

tiger-cup-women-1738562680.jpg

पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेट धकेलिएको थियो ।

पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो । 
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्