sonam sonam

पूजा महत्तो आइसीसीको ‘टिम अफ द टुर्नामेन्ट’मा

सोमबार, माघ २१, २०८१

काठमाडौँ : नेपालकी पूजा महत्तो आइसीसीले घोषणा गरेको १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट २०२५ को ‘टिम अफ द टुर्नामेन्ट’मा परेकी छन् ।

ADD FOR WEBSIDE

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हालै सार्वजनिक गरेको १२ खेलाडीहरुको सुचीमा उनको नाम पनि समावेश गरिएको छ । उत्कृष्ट १२ खेलाडीहरु मध्ये नेपाली कप्तान समेत रहेकी पूजा छैटौँ स्थानमा रहेकी छन् ।

टोलीमा सबै भन्दा धेरै भारतका चार जना खेलाडीहरु परेका छन् । दक्षिण अफ्रिकाका ३, इङ्गल्यान्डका २ तथा नेपाल, श्रीलङ्का र अस्ट्रेलियाका १÷१ जना खेलाडी टिम अफ द टुर्नामेन्ट’मा समावेश छन् । १९ बर्ष मुनिको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको नेपाल समूह चरणका ३ वटै खेलमा पराजित भएको थियो ।

टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको थियो । 
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्