ADD FOR WEBSIDE ADD FOR WEBSIDE

क्यानले फुकुवा गर्यो सन्दीपको निलम्बन

बुधबार, जेठ २, २०८१

काठमाण्डौ :उच्च अदालत पाटनले सफाई दिए लगत्तै नेपाल क्रिकेट संघ क्यानले सन्दिप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । उच्चको फैसला लगत्तै घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए  ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको बताउँदै अध्यक्ष चन्दले सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट लामिछानेको निलम्बन फुकुवा बताए ।

नेपाल क्रिकेट संघले टी–२० विश्वकपका लागि टोली घोषणा गरिसकेको भए पनि आईसीसीको नियम अनुसार अझै टोलीमा परिवर्तन गर्न सक्ने १० दिनको समय बाँकी रहेकाले लामिछानले विश्वकप खेल्ने प्रबल सम्भावना छ ।

 

442466783_867075362115512_3583236323760726637_n-1715780810.jpg


 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्