सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपालमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तराष्ट्रिय सिरिजमा थाईल्याण्डले लगातार तेस्रो जित निकालेको छ ।
आज भएको खेलमा नेदरल्याण्ड्सलाई १७ रनले हराउँदै थाईल्याण्डले लगातार तेस्रो जित निकालेको हो । जितकालागि थाईल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्डस् १५.५ ओभरमा अलआउट हुँदै ६९ रनमा समेटियो ।
उसकालागि कप्तान बाबे लिडेले सर्वाधिक २५ रनको योगदान गरे । आइरिस ज्विलिङले १३ तथा क्यारोलिन डे ल्याङ्गेले १० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको थाइल्याण्ड १९.५ ओभरमा ८६ रनमै अलआउट भएको थियो । उसका लागि चनिदा सुथिरुङले २७ तथा फन्निता मायाले १२ रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । जारी लिगमा थाइल्यान्ड अपराजित टोली हो ।
जितसंगै थाइल्यान्डले ३ खेलबाट ६ अंक जोड्दै शिर्ष स्थानमा यथावत रहेको छ ।