सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मुख्य प्रशिक्षक विहिन बनेको छ ।
मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका मोन्टी देसाईको दुई बर्षीय कार्यकाल सकिएसंगै पुरुष क्रिकेट टोली मुख्य प्रशिक्षक बिहिन बनेको हो । नेपाल क्रिकेटसंघ क्यानले उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेपछि एक साता अघि नै मोन्टी भारत फर्किसकेका छन् । २०७९ साल माघमा नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका मोन्टीले नेपाली क्रिकेटका लागि सक्नेजति गरेका छन् । उनकै नेतृत्वमा नेपालले एक दिवशीय मान्यतामात्रै जोगाएन,टी–२० विश्वकप देखि विश्वका पावरफुल टोली भारत र पाकिस्तानसंग एसिया कपमा प्रतिस्पर्धा समेत गरे । जुन नेपाली क्रिकेटकालागि एक ऐतिहासिक क्षण समेत थियो ।
मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी मोन्टी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । मोन्टीको बिदाईसंगै क्यानले नयाँ प्रशिक्षक खोजिरहेको छ ।
नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामासंग स्पोर्टसहबकर्मी कूल तामाङले नयाँ प्रशिक्षक नियुक्तीको तयारी र मोन्टीको कार्यकालका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छन् ।
मोन्टी देसाईको कार्यकाल नेपाली क्रिकेटकालागि कस्तो रह्यो ?
मोन्टी देसाई विगत लामो समय देखि अण्डर १९ को ब्याटिङ कन्सल्टटेन्ट देखि सिनियर टिमको ब्याटिङ कोच हुँदै मुख्य प्रशिक्षकको रुपमा काम गर्नुभयो । ओडिआई मन्टेन्ट, विश्वकप यात्रा ,एसिया कपसम्म पुर्याउन मोन्टीको ठूलो योगदान छ । क्यानले उहाँको योगदानलाइ सफलताको रुपमा लिएको छ ।
मोन्टीकै प्रशिक्षकमा नेपाली क्रिकेटले जुन किससिमको फट्को मार्यो त्यसमा उनको कमीकमजोरी देखिँदैन र पनि राम्रो व्यक्तिलाई क्यानले टिकाउन सकेन भन्ने आक्षेप क्रिकेट-प्रेमीहरुको छ ? त्यो हैन, त्यो गलत हो । किनभने ,पछिल्लो समय नेपाली क्रिकेटले जुन उचाई हासिँल गर्दै-गर्दाखेरी क्यान,प्रशिक्षक,खेलाडी सबैको योगदानले नेपाली क्रिकेट यहाँ आएको हो ।
त्यसो हुँदा म्यूचल अन्डरस्ट्याण्डिङमा मोन्टी र क्यानबीचको एउटा सहमतिमै कन्ट्रयाक्टलाई रिन्यू नगरेको हो । उहाँको पनि आफ्नो आगामी यात्राहरु होला,त्यसो हुँदा क्यानले पनि नयाँ-नयाँ कुराहरुको अभ्यास गर्नुपर्ने हुन्छ । त्यसो हुँदा क्यानले उहाँकै सहमतिमा सम्मान स्वरुप समन्वयत्मक प्रकृया अनुरुप सम्झौता नवीकरण नगरेको हो ।
सम्झौता रहेसम्म बस्ने भनेर उहाँले नै भन्नुभएको हो । त्यसो हुँदा खेरीचाँही जसरी यहाँले भन्नुभयो त्यो कुरा हैन । नेपाल क्रिकेट संघ मोन्टीप्रति सदैव आभारी छ । उहाँले यहाँसम्म नेपाली क्रिकेटलाई प्रशिक्षण गर्नुभयो त्यो आफैँमा इतिहास बनेको छ । क्यानले नेपाली क्रिकेटलाई अझै माथि लानकालागि अन्य एक्सपर्टिजहरुपनि हायर गर्नुपर्ने भएको हिसाबले क्यानले यो निर्णय गरेको हो ।
मुख्य प्रशिक्षक नियुक्तीको प्रकृया अब के हुन्छ क्यानको तयारी कहाँ पुग्यो ? नेपाल क्रिकेट संघ (क्यान)को बैठक चाँडै बस्छ । आगामी नयाँ प्रशिक्षकको लागि आवश्यक प्रकृयाहरु क्यानले अगाडी बढाउँछ । त्यसो हुँदा क्यानको आधिकारीक बैठक पश्चात क्यानले नयाँ प्रशिक्षकलाई चाँहि प्रकृयाहरु सुरु गर्छ ।
मोन्टीको विदाईसंगै नेपाली क्रिकेटको भविष्य आगामी दिनमा कस्तो रहन्छ ? नेपाल क्रिकेट संघले नेपाली क्रिकेटमा धेरै राम्रा कामहरु गरिरहेको छ । पछिल्लो समय नेपाल क्रिकेटमय भइरहेको छ । घरेलु प्रतियोगिताहरु असाध्यै बढी भईरहेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पनि नेपाली क्रिकेटलाई सुनिरहेकै छ ।
भर्खरैमात्र नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपिएल) भब्य रुपले सम्पन्न गरेको छ । आगामी दिनमा पनि अब घरेलु-लिग प्रधानमन्त्री कप, अर्जुन ट्रफी लगायतकाहरु भईरहेको छ ।
त्यसो हुँदा नेपाली क्रिकेटले सन् २०२५ मा अझै धेरै उपलब्धी हासिल गर्नेछ । यो वर्ष धेरै घरेलु लिगसंगै अन्तरराष्ट्रिय सिरिजहरु क्यानले गर्नेछ ।