SONAM WEAR SONAM WEAR

थाईल्याण्डविरुद्ध नेपाल फिल्डिङ गर्दै

मंगलबार, माघ २२, २०८१

काठमाडौँ :त्रिकोणात्मक महिला टि–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र थाइल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ ।

त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेको थाइल्याण्डले नेपाल विरुद्ध सुरुवाती ब्याटिङ गरिरहेको छ । यस अघिका खेलमा अपराजित रहेको थाइल्याण्ड आज नेपाललाई हराउँदै चौथो जित निकाल्न चाहन्छ ।

३ खेलमा लगातार हार बेहोरेको नेपाल भने आज पहिलो जित निकाल्न चाहन्छ तर थाइल्याण्ड विरुद्ध जित निकाल्न नेपाललाई त्यति सहज भने छैन ।

नेदरल्याण्डस् र नेपालमध्ये थाईल्याण्ड निकै बलियो टोली समेत हो । 
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्