सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौँ :घरेलुटोली नेपालले त्रिकोणात्मक महिला टि–२० अन्तर्राष्ट्रिय सिरिजमा थाइल्याण्डबाट नेपालसामु जितकालागि १०७ रनको लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको थाइल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो । थाईल्याण्डकी चानिदा सुथिरुआङले सर्वाधिक २७ ,थिपाचा पुथावोङले २५ तथा नान्नापत कोन्चारोएनकाईले १९ रन जोडिन् । बलिङतर्फ मनिषा उपाध्यायले सर्वाधिक ३ विकेट लिईन् ।
१०७ रनको लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गरेको छ । यो समाचार तयार पार्दासम्म २.४ ओभरको खेल चलिरहँदा नेपालले २ विकेटको क्षतिमा ५ रन मात्रै बनाएको छ । ममता चौधरी शुन्य रनमा आउट भएकी छन् भने कप्तान इन्दु वर्मा ३ रनमा समेटिएकी छन् ।