सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :त्रिकोणात्मक महिला टि–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाले लगातार हार भोगेको छ ।
आज भएको आफ्नो चौथो खेलमा पनि नेपाल थाईल्याण्डससंग ५ रनले पराजित भएको हो । जितकालागि थाईल्याण्डले दिएको १०७ रनको लक्ष्य पछयाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि रुबिना क्षेत्रीले सवर्बाधिक २६ तथा पूजा महत्तोले १८ रन जोडिन् । कबिता जोशीले २४ तथा रोमा थापाले १९ रन जोडिन् । सम्झना खड्काले ५ तथा कप्तान इन्दु वर्माले ३ रन बनाईन् । ममता चौधरी,अलिशा यादव र बिन्दु रावलले खातानै खोल्न सकेनन् ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको थाइल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।
थाईल्याण्डकी चानिदा सुथिरुआङले सर्वाधिक २७ ,थिपाचा पुथावोङले २५ तथा नान्नापत कोन्चारोएनकाईले १९ रन जोडिन् । बलिङतर्फ मनिषा उपाध्यायले सर्वाधिक ३ विकेट लिईन् । लगातार चौथो जित निकालेको थाईल्याण्ड ८ अंक सहित शिर्ष स्थानमा छ । खेलेमा चार खेलमध्ये दुईमा जित र दुईमा हार सहित नेदरल्याण्डस् दोस्रो स्थानमा छ ।
खेलेका चारै खेलमा पराजित नेपाल अंक विहिन रहँदै पुछारमा छ ।