SONAM WEAR SONAM WEAR

दोस्रो हेलम्बु गाउँपालिका स्तरीय भलिबलको उपाधी आयोजकलाई 

मंगलबार, माघ २२, २०८१

नवलपुर :दोस्रो हेलम्बु गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी आयोजक च्योम्थली मानेडाडाँ चित्रे गोम्देन टोल विकास समिति (सिएमसिवाइसी) ले हात पारेको छ ।

२८६१ औँ सोनाम ल्होछारको अवसरमा आयोजित प्रतियोगितामा खरबुजे फर्पसङ छाजोगाङ युवा क्लबलाई ३–२ को सेटमा हराउँदै आयोजकले उपाधी उचालेको हो । पहिलो दोस्रो र तेस्रो हुने टिमले क्रमशः ४० हजार, २० हजार र १० हजार सहित मेडल कप र प्रमाणपत्र प्राप्त गरेको छ ।

आजै भएको खेलमा क्यासिन्जे युवा क्लबलाई हराउँदै देविस्थान क्लब तेस्रो स्थान हात पारेको छ । १३ टिम सहभागी प्रतियोगिताको बेष्ट प्लेयर संगम तामाङ, बेष्ट स्पाइकर दिप तामाङ, बेष्ट ब्लकर विनोद तामाङ, बेष्ट सटरको उपाधि छिरिङ शेर्पा घोषित भएका रेफ्री कृष्ण तामाङले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्