SONAM WEAR SONAM WEAR

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

बुधबार, माघ २३, २०८१

काठमाडौँ : त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज नेदरल्यान्डसँग खेल्दैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे हुने खेलमा नेपाल पहिलोे जितको खोजीमा हुनेछ । जारी लिगमा चार खेल खेलेको नेपालले चारवटै खेलमा पराजय भोग्दै अंकतालिकाको पुछारमा छ ।

खेलेका चार ओटै खेलमा शतप्रतिशत जित निकालेको थाइल्याण्ड शीर्ष स्थानमा रहँदा नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दा दुई खेलमा हार बेहोरेको छ ।

दुईवटै खेलमा नेपाललाई हराएको नेदरल्यान्ड्स अन्य दुई खेलमा थाईल्याण्ड्ससंग पराजित भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्