SONAM WEAR SONAM WEAR

पूजाको किर्तिमानी अर्धशतकमा नेदरल्यान्ड्ससामु प्रतिस्पर्धात्मक लक्ष्य

बुधबार, माघ २३, २०८१

काठमाडौँ :पूजा महत्वको किर्तिमानी अर्धशतकसंगै नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–२० सिरिजमा नेदरल्यान्ड्ससामु प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएपछि नेदरल्याण्डस्ले १४६ रनको बलियो लक्ष्य पाएको हो ।

नेपालकालागि पूजा महत्वले किर्तिमानी ब्याटिङ गर्दै सर्वाधिक ६२ रन जोडिन् । ५१ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् । अन्तराष्ट्रिय सिरीजमा अर्धसतक प्रहार गर्ने उनी पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।

कप्तान इन्दु वर्माले ३९ तथा  रुबिना क्षेत्रीले २० रन बनाएकी थिईन् । कबिता जोशी ७ रनमा अविजित रहँदा सम्झना खड्काले ६ तथा ममता चौधरीले १ रन जोडिन् । नेपालले अतिरिक्त १० रन पाएको थियो ।
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्